बिर्तामोड ।
पुर्बेली मजदुर यातायातले मजदुरलाई पार्टी र नेतृत्वले सदैब प्रयोग मात्र गरेको र मजदुरका समस्यामा पार्टीले खासै सहयोग र समन्वय नगरेको गुनासो गरेका छन् ।
पुर्बेली मजदुर यातायातले नेपाल कम्युनिष्ट पार्टी एमाले बिर्तामोड नगरकमिटीका नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा सो गुनासो राखेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले मजदुरका समस्यालाई साझा समस्या रुपमा लिएर पार्टीले हल गर्ने प्रतिबद्धता ब्यक्त गरे । यस्तै उनले हरेक गतिविधि र नीति निर्माणमा मजदुर सहभागीता रहने घोषणा गरेका छन् ।
छठपर्वको अवसर पारेर एमाले निकट भातृ संगठन नेपाल ट्रेड युनियन मजदुर यातायातले नगर कमिटीका निर्वाचित अध्यक्ष सुभाष भट्टराई, उपाध्यक्ष पुस्पा दाहाल, सचिव शेखर कडेल, उप सचिब मदन बुढाथोकी सदस्य कोशिष घिमिरे, उदय शंकर साहलगायतलाई एक कार्यक्रमका बिच बधाई तथा शुभकामना दिएको हो।