भोजपुर ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले तिहारपछि प्रदेशको नामाकरणको बिषयमा छलफल गरिने बताएका छन् । संखुवासभाको तुम्लिङटार विमानस्थलमा मुख्यमन्त्री राईले प्रदेश १ को नामाकरणको विषयमा तिहारपछि छलफल सुरु गरिने बताएका हुन् । उनले दलहरूसँगको सहमतिमा नामको टुङ्गो लगाउने बताए ।
प्रदेश १ को नाम पहिचान, बहुपहिचानका आधारमा सहमतिमा छलफलबाट टुङ्गो लगाउने मुख्यमन्त्री राईले बताए । प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरेर टुङ्गो लगाउने मुख्यमन्त्रीको भनाई थियो ।
अघिल्लो सरकारले प्रदेशको नाम राख्न कुनै पहल नगरेको मुख्यमन्त्री राईले आरोप लगाए । प्रदेशको नामका लागि दुई तिहाइ मत आवश्यक पर्ने भएकाले दलका प्रमुख र सांसदहरूसँग छलफल उनको भनाई छ ।
मुख्यमन्त्री राई तिहार मनाउन तुम्लिङटार विमानस्थल हुँदै गृह जिल्ला भोजपुरको षडानन्द नगरपालिका पुगेका छन् ।
तस्वीर : गुगलबाट