दुधे । 

 नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन (वाइसिएल)ले शिवसताक्षी नगर क्षेत्रका मुख्य बजारहरुमा सरसफाई अभियानसहित  तिहारको  शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । 

 वाइसियलले शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम र भव्य नगर सरसफाई कार्यक्रमको आयोजना गरेको माओवादी केन्द्र्र शिवसताक्षीका सचिवालय सदस्य दुर्गा नेम्बाङ्गले बताए ।  

माओवादीको युवा भातृ संगठन  वाइसियलले शिवसताक्षीका मूख्य बजारहरु   प्रदुषण मुक्त बनाउने उद्देश्यले  धरमपुर, डुँडामारी, झिलझिलझिले, दूधे, माइधार, शिवगञ्ज, व्याङ्गडाँडा, पाराबारी, मंगलबारेलगायतका बजारहरुमा सरसफाई अभियान संचालन गरेको हो । सरसफाई कार्यक्रममा वाइसिएलका २ सय बढी वाइसिएल नेता तथा कार्यकर्ताको उपस्थिति रहेको  थियो । 

शुभकामना आदानप प्रदान कार्यक्रमा नेकमाओवादी केन्द्रका प्रदेश कमिटी सदस्य, जिल्ला सह– ईन्चार्ज तथा प्रदेश सभाका प्रमुख सचेतक माननीय झलकसिं दलार्मीमगर, जिल्ला संयोजक दधिराम रिमाल, नगर अध्यक्ष महेन्द्र भट्टराई लगायत, संचारककर्मी तथा सुरक्षा कर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । वाइसियलले समाजमा हुने गरेका विकृति विसङ्गति विरुद्ध  दवावमुलक कार्यक्रम गर्नुका साथै सरसफाई लगायातका समाज सुधारका कार्यक्रमलाई जिल्लाभर संचालन गर्दै आएको वाइसिएलका जिल्ला अध्यक्ष दधिरामा रिमालले बताए ।