बिर्तामोड ।
नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् । अध्यक्षमा भट्टराई र पुराना नेता उमानाथ ओली बिच प्रतिष्पर्धा भएको थियो । आज राती सम्पन्न मत गणनाको परिणाम अनुसार भट्टराईले २ सय ७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्दी ओलीले १ सय ४० मत प्राप्त गरे ।
नगर कमिटीको उपाध्यक्षमा २ सय १४ मत प्राप्त गर्दै पुष्पा दाहाल निर्वाचित भइन् भने उनका प्रतिद्वन्दी उर्मिला विमली खरेलले १ सय ९४ मत ल्याएकी थिइन् । सचिवमा शेखर कँडेल २ सय १६ मत ल्याएर निर्वाचित भए उनका प्रतिद्वन्दी शंकरराज ढुङ्गेलले १ सय ८६ मत प्राप्त गरे थिए । उपसचिव पद्मा प्रकास लिङ्देन र मदन बुढाथोकी निर्वाचित भएका छन् ।
दुई जना उपसचिवका लागि ८ जना बिच निर्वाचन भएको थियो । उपसचिवका उम्मेद्वारहरु डिल्ली सुब्बा १ सय ६९, प्रकाश लिङ्देन १ सय ७९, प्रदिप खरेल ८२, कान्तीबहादुर कार्की ३४, मदन बुढाथोकी १ सय ७०, केशव कुमार ६१, पारस संगौला ८३ र तारा प्रसाद चापागाईले ३६ मत ल्याएका थिए ।
यस्तै सदस्यमा गुञ्जन प्रसाई र किशोर पौडेल निर्वाचित भएका छन् । दलित सदस्यमा रोशन घतानी र सुमन त्रिखत्री निर्वाचित भएका छन् । बुधबार दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा घोषणासभा एवम् शपथग्रहण कार्यक्रम गराइने जनाइएको छ ।