• सुदिप गिरी 

हल्दिबारी ।  

हल्दिबारी–२ मा अन्य पार्टी परित्याग गरी चालिस जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।  राप्रपाले शनिबार (आज)  हल्दिबारी–२ भेलागडीमा पार्टी प्रवेश तथा स्वागत कार्यक्रम आयोजना गरेर पार्टी प्रवेश गराएको हो । 

हल्दिबारीका–२ का स्थानीयले अन्य पार्टी परित्यागगरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका हुन् ।   स्थानीय कृष्णबहादुर लिम्बू लगायत ४० जना राप्रपामा  प्रवेश गरेका छन् । 

उक्त कार्यक्रम हल्दिबारी–२ नम्बर.कमिटीको अगुवाईमा भएको थियो । नव प्रवेशिहरूलाई पार्टीको सदस्यता पत्र र अबिर लगाएर स्वागत गरिएको थियो । हल्दिबारी गाउँपालिका अध्यक्ष तथा पार्टीका युवा नेता रविन्द्र लिङदेन, राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले पार्टी प्रवेश गर्नेलाई स्वागत गरेका थिए ।

पछिल्लो समय अन्य पार्टी परित्यागगरि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नेको हल्दिबारीमा लहर चलेको छ।