• उद्धव पुरी 

बिर्तामोड । 

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) की केन्द्रिय सदस्य तथा झापा इन्चार्ज धर्मशिला चापागाईले महिलाहरुले झापामै नमूना पार्टी कमिटी निर्माण गर्न आव्हान गरेकी छिन् ।  

झापाको बिर्तामोड नगरपालिका वडा नं.४ स्थित लालीगुँरास टोलमा शनिवार  महिलाको सहभागीता र सकृयतामा गठन भएको महिलाहरुको कमिटी नमूना भएको बताएकी ह्न् । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी चापागाईले महिलाहरुको मात्र कमिटी गठन भएकोमा खुसी ब्यक्त गर्दै नमूना पार्टी तथा कमिटी बनाउन आग्रह गरेकी छिन् । 

बबिता कट्टेलको अध्यक्षतामा गठन कमिटीको सचिवमा संगीता खरेल रहेकी छिन् ।  २१ सदस्यीय गठन भएको कमिटीमा हाल १७ सदस्यीय रहेको र ४ सदस्य पछि थप गरिने जनाइएको छ ।

कमिटीको सदस्यमा निर्मला कट्टेल, कुसुम अधिकारी, तारा दुलाल, सुशिला विक, सोभा राजबंशी, टीका भट्टराई, गिता मैनाली, निर्मला लिम्बु, सिता कार्की, सरस्वती संग्रौलालगायत रहेका छन् ।

 कार्यक्रममा पार्टीका झापा सचिवालय सदस्य बासु दुलालको विशेष आतिथ्य तथा  वडा नं. ४ का अध्यक्ष गोपि अधिकारीको आतिथ्यता रहेको थियो ।