अर्जुनधारा ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेबसिंह गोम्देन निर्वाचित भएका छन् । गोम्देन अध्यक्ष पदका अर्का उम्मेद्वार लोकनाथ गौतमलाई १५ मतको अन्र्तलेपछि पार्दै पछि पार्दै निर्वाचित भएका हुन् ।
गोम्देनलले एकसय १७ मत प्राप्त गरेका थिए भने गौतमले एकसय २ मत प्राप्त गरेका थिए । उपाध्यक्षका उम्मेद्वार लोकमान श्रेष्ठले एकसय ४१ मत प्राप्त गर्दै निर्वाचित बनेका छन् भने अर्का उपाध्यक्ष पदका उम्मेद्वार खगेन्द्र इङनामले ७८ मत ल्याएका थिए । त्यसैगरी उपसचिवकी उम्मेद्वार सरिता भण्डारीले एकसय २५ मत ल्याएर निर्वाचित भएकी छिन् भने उनकी प्रतिदन्दी कमला भण्डारीले ९५ मत ल्याएकी थिइन् ।
त्यस्तै सचिवमा लबकुश गौतम र उपसचिवमा जनकलाल चम्लागाई यसअघि नै सर्वसम्मत चयन भएका थिए । झापाको अर्जुनधारास्थित नेकपा एमालेको पार्टी कार्यालयमा शुक्रवार निर्वाचनबाट भएको थियो । नगर कमिटी ७५ सदस्यीय रहने ब्यवस्था रहेको पार्टीका अर्जुनधारा ५ का वडा सचिव तथा चुनाव परिवेक्षक डम्बर घिमिरेले जानकारी दिए ।