• सुदिप गिरी 

हल्दिबारी । 

नेकपा एमाले हल्दिबारी गाउँपालिकाको प्रथम गाउँअधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशन तयारीका लागि कार्यबिभाजन गरि लागिएको र सोहि अनुरूप आ–आफ्नो ठाउँबाट नेता तथा कार्यकर्ता जिम्मेवार ढंगबाट परिचालित भएको नेकपा एमाले हल्दिबारी गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी गराए।

यसअघिको वडा अधिबेशनले हल्दिबारीका ५ वटै वडाबाट पार्टी सदस्य संङ्ख्याका आधारमा  ७ जना बराबर एक जनाको तथा दलितको हकमा ३ जना बराबर १ जना प्रतिनिधि चयन गरिएको र  ३३ प्रतिशत महिलाको सहभागी रहने गरी  बिधान महाअधिवेशनले सुनिश्चित गरेको कुरा कार्यान्वयन गरिने जनाएको छ। 

१नं .वडाबाट ५० जना, २ नं.वडाबाट   ५६ जना ,३ नं .वडाबाट ४८ जना, ४नं. वडाबाट २८ जना र ५ नं. वडाबाट २० जना गरी २ सय २ जना समानुपातिक  ढंगबाट, महिला, दलित र खुल्ला तर्फबाट प्रतिनिधिहरू भएका थिए । हल्दिबारीमा सर्बसम्मत नेतृत्व चयन हने सम्भवना रहेको छ। उद्घाटन सत्र आज,मंगलबार बिहान ११बजे राधाकृष्ण मन्दिर हल्दिबारी–२ मा हुने भएको छ ।