बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई एमालेमा ठाउ नदिने बताएका छन् ।
एमाले झापाले आइतवार बिर्तामोडमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल अराजक र अपराधीतत्वलाई अब पार्टीले स्थान नदिने बताएका हुन् ।
उनले अन्य नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गरेका छन् । उनले अन्यलाई पार्टीमा स्वागत गरिने समेत बताए । उनले बर्तमान सरकारले एउटा पनि काम गर्न नसकेको आरोप लगाए ।
अध्यक्ष ओलीले गठबन्धनको नाममा रहेका केहि गद्दार र अपराधिहरूले प्रदेश सरकार ढाल्न कोशिष गरिरहेको बताएका छन् ।