बिर्तामोड ।
व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले प्रवेश गरेका छन् । आईतबार बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको एक कार्यक्रमकाबीच बीएण्डसी अस्पतालका कार्यकारी निर्देशकसमेत रहेका प्रसाई नेकपा एमालेमा आधिकारिक रुपमा प्रवेश गरेका हुन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार करिव ३ हजार माओवादीसहित विभिन्न पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
माओवादीको जनयुद्ध कालदेखि नै प्रचण्डसँग नजिकका प्रसाईं पछिल्लो समय एमालेमा सक्रिय रहहदै आएका थिए । कार्यक्रमाम संविधान सभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायतको उपस्थिति छ ।