- केशवराज भण्डारी
बिर्तामोड । झापा
नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ अधिवेशन अन्र्तगत भएको वडा अधिवेशनबाट विर्तामोड नगरपालिका वडा नं. ५ मा लक्ष्मीप्रसाद बाँस्कोटा पाटिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
नेकपा एमाले विर्तामोड नगरपालिका वडा नं. ५का निवर्तमान अध्यक्ष ढाँचाराज कडरीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले स्थाई समितिका सदस्य नरेस खरेलको प्रमुख अतिथ्यता रहेको थियो ।
वडामा ३१ सदस्यसहित एक अध्यक्ष एक उपाध्यक्ष एक सचिव र २ उप सचिव समेत सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा लक्ष्मीप्रसाद वाँस्कोटाको मात्र उमेद्वारी परेको थियो भने अन्य पदमा भने समझदारी गरेर वडा समिति चयन भएको थियो । नव गठित समितीमा अध्यक्ष लक्ष्मीप्रसाद वाँस्कोटा, उपाध्यक्ष तारा चाम्लिङ, सचिव अम्विका लिङ्देन उप सचिव दिपक चम्लागाई र विषाल धिमाल चयन भएका छन् ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन भएका छन् । वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरि अधिवेसन उद्घाटन गरेका थिए ।