- सुदिप गिरी
हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपलिका वडा नं.३ मा नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत वडामा वडा अधिवेशन सम्पन्न भएको छ। अधिकांश वडामा सर्वसम्मतको प्रयास गरिएको हल्दिबारी एमाले अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।
‘ सबैजसोमा सर्वसम्मत हुने बुझेका छौं । केहिमा चुनाव भए पनि आजै नतिजा आउँछ,’ उनले भने, ‘आन्तरिक प्रतिस्पर्धा स्वच्छरुपमा हुनेछ ।’ सबै वडामा भईसकेछ ‘उद्घाटन सत्र सबैमा एकै पटक भर्चुअल माध्यमबाट भएको छ । अहिले बन्दसत्र चलिरहेको छ,’ उनले भने, ‘सबैतिर राम्रो समाचार आइरहेको छ’ ।
सर्वसम्मतको प्रयास गरिरहनुभएको छ ।’ यसै बिच हल्दिबारी –३ मा सर्बसम्मत पदाधिकारी चयन भएको छ अध्यक्षमा अजीत बिष्ट उपाध्यक्षमा अशोक मेचे सचिव बलराम गिरी सहसचिब शर्मिला बि क अर्का सहसचिव हरि मिश्र सहित ३१ सदस्यीय वडा कमिटी चयन भएको जानकारी एमाले वडा नं. ३ का ईन्चाज बिष्णुप्रसाद ओलीले दिए ।