• सुदिप गिरी 

हल्दिबारी । 

मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी  असोज  १०देखि १२ सम्म दशौं राष्ट्रिय महाअधिबेशन गर्दैछ । कात्तिक ६ गते  देश भरिमा एकैपटक हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागिसकेको छ ।

त्यस आधारमा वडा र स्थानीय तहका पदाधिकारी ५ जना हुनेछन् । जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपपसचिव निर्वाचित हुनेछन् ।

त्यस्तै गाउँपालिका र नगरपालिकाका वडा कमिटीको अधिकतम आकार ३१ सदस्यीय हुनेछन् भने उपमहानगरपालिकाका वडाहरुमा ४१ र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी चयन हुनेछ ।  उपमहानगरपालिका कमिटी ८५ सदस्यीय र महानगरपालिका कमिटी १ सय १ सदस्यीयको रहने व्यवस्था रहेको छ ।

अधिवेशनस्थललाई जुममा जोडेर अध्यक्ष ओलीले भर्चुअल रुपमा एकैपटक उद्घाटन गर्ने तयारी एमालेको छ । हल्दिबारी गाउँपालिकामा पनि वडा अधिबेशनको तयारी पूरा भएको डम्बर बहादुर गिरीले जानकारी दिएका छन् । वडा नं. १ को वडा कार्यालयको सभाहल, वडा नं.२ को राधाकृष्ण मन्दिर, वडा नं.३ को चिल्ड्रेन गार्डेन बोडिङ्ग स्कुल, वडा नं. ४ को पार्टीको कार्यालय बालुवा चोक र वडा नं.५ को मोती निमाबि कञ्चनश्रीमा एकैपटक हुने उनले जानकारी दिए ।