• सुदिप गिरी 

राजगढ । 

बाहदशी गाउँपालिका वडा न ३ राजगढमा  विभिन्न पार्टी परित्यागगरी आज ५७ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । एक कार्यक्रमका बिच क्षेत्र नं.३ का सांसद राजेन्द्रप्रसाद लिङ्देनद्वारा उनीहरुलाई सदस्यता पत्रसगै अविर लगाएर पार्टी प्रवेश तथा पार्टीमा स्वागत गरिएको थियो ।

पछिल्लो समयमा क्षेत्र नं.३ मा सांसद लिङ्देनको सक्रियतामा अन्य पार्टी परीत्याग गरी राप्रपामा प्रवेश गर्नेको सङ्ख्या धेरै नै बढेको छ सोही  कार्यक्रमका नब प्रबेशीहरू नन्द राजवंशी,  ब्रतलाल राजवंशी,बिलाश राजवंशी, चौधरी राजवंशी, पूजा रिजाललगायत ५७ जनाले अबको दिनमा राप्रापाको मुद्दाले मात्र देश बाँच्न सक्ने र देशको स्वाधीनता र राष्ट्रियताको रक्षाका निम्ति पार्टी प्रवेश गरेको बताएका छन् ।  उनीहरुले अन्य पार्टी कमाउ धन्दामा लागेको आरोप समेत लगाए ।

rr2

कार्यक्रममा स्वागत शुभकामना मन्तव्य राख्दै लिङ्देनले  राष्ट्र र राष्ट्रियता बचाउन हरेक नेपाली सचेत हुनु पर्ने दिन आएको र नेपाली काँग्रेस र एमाले पार्टी नाम मात्रै फरक भएको काम गराई र सिद्वान्त एउटै भएको र यसको उचित बिकल्प  राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको बताएका छन्।