धुलावारी ।
झापाको मेचीनगरमा नेपालका लागि नेपाली पार्टीले मेचीनगर युवा समन्वय समिति गठन गरेको छ । पार्टीले फुर्वा शेर्पाको संयोजकत्वमा मंगलवार १३ सदस्यीय नगर युवा समन्वय समिति गठन गरेको पार्टीका केन्द्रिय सदस्य तथा झापा संयोजक मुकुन्द दाहालले जानकारी दिए ।
पार्टीका केन्द्रिय सदस्य खेम खनाल र केन्द्रिय सदस्य तथा झापा संयोजक मुकुन्द दाहालको उपस्थितिमा समन्वय समिति गठन गरिएको थियो ।
सोही कार्यक्रमका बीच पार्टीले वडादशैं, तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदान समेत गरेको बताइएको छ ।