हल्दिबारी । 

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष के पी शर्मा ओलीले झापामा विहिवार शुभकामना आदान–प्रदान गर्ने भएका छन् । 

 नेपाल कम्युनिष्ट पार्टी एमाले झापाको ब्यवस्थापनमा हुने उक्त कार्यक्रम बडा दशैं, तिहार, छठ र नेपाल सम्वत् लगायतका चाडपर्वहरूको शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिने एमालेका जिल्ला कमिटी सदस्य तथा युवा नेता डम्बर बहादुर गिरीले जानकारी दिए ।

सो कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको भब्य उपस्थिति रहने समेत उनले बताए ।