हल्दिवारी । 

नेपाली कांग्रेस हल्दिबारी गाउँपलिका वडा नं.२ ले नेपालीहरुको महान् पर्व बडादशैं, तिहार तथा छट पर्व २०७८को शुभकामना आदान प्रदान तथा चियापान  कार्यक्रम गरेको छ । 

कार्यक्रमका नेपाली कांग्रेस झापाका सभापति देउमान थेबेको प्र मुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला, क्षेत्रिय तथा स्थानीय हल्दिबारी गाउँपलिका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको हल्दिबारी नेपाली कांग्रेस उपसभापति  होमप्रसाद चुडालले जानकारी दिए।