भद्रपुर ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भद्रपुर नगर भेलाले पदम सुब्बाको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी पुर्नरगठन गरेको छ । कमिटीको उपाध्यक्षमा देवीअधिकारी, डि वी लामा र टीका रेग्मी, सचिवमा सानुकुमार लामा र उपसचिवमा कुञ्जा रुचाल, महेन्द्र पोख्रेल चयन भएका छन्।
केन्द्रिय सदस्य पुष्प पोख्रेलको प्रमुख आतिथ्य भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य विष्णु शिवाकोटी, जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य दुर्गा भट्टराई, शुभद्रा भट्टराई, निलमणी वराल, श्रीमन नारायण पौड्याल, गोपी गिरीलगायतको उपस्थिति रहेको प्रचार बिभाग प्रमुख तिर्थ सिग्देलले जानकारी दिए ।