झापा । 

नेकपा माओवादी केन्द्र  प्रदेश १ का विज्ञान तथा प्रविधि विभाग प्रमुख सीपी कडरियाले वैज्ञानिक सोचसहितको गतिशील नेतृत्व अहिलेको आवश्यकता रहेको बताएका छन् ।  

पार्टीका प्रदेश कमिटी सदस्यसमेत रहेका कडरियाले शताब्दी सुहाउँदो प्रविधिमैत्री संगठन अहिलेको युगको आवश्यकता रहेको औलाएका हुन् । उनले आफुले पाएको जिम्मेवारीलाई सकेसम्म पार्टी, नेता, कार्यकर्ता र प्रत्येक संगठन र राज्यको विज्ञान तथा प्रविधि संयन्त्रसँग सहकार्य गर्न राजनीतिक पहल गरेर विज्ञान तथा प्रविधिमैत्री बनाउने प्रतिवद्धता गरेका छन् । 

विज्ञान तथा प्रविधिमा पहुँच नपुग्दा समाजको नेतृत्व गर्ने संगठनहरु र खासगरी राजनीतिक दल, संगठन र नेतृत्वले समाजको गतिलाई पकड्न नसकिरहेको यथार्थ भएको उनको भनाई छ ।

यसले गाडा अगाडी गोरु पछाडी परेको कडरियाले उल्लेख गरे । विज्ञान र प्रविधिमा समाजको चेतना अगाडी र दल र नेताको चेतना समाज भन्दा पछाडी परेको उनले बताएका छन् । माओवादी केन्द्र प्रदेश १ समितिले कडरियालाई विज्ञान तथा प्रविधि विभाग प्रमुखको जिम्मा छ ।