चन्द्रगढी ।
नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशनले देशभर युवाको नयाँ नेतृत्व स्थापित गरिरहेको बताएका छन् । झापा चन्द्रगढीस्थित आफ्नै निवासमा नेपाली कांग्रेस झापाका नवनिर्वाचित पदाधिकारीलाई भेटघाट तथा बधाई ज्ञापन गर्दै पूर्व महामन्त्री सिटौलाले नियमित महाधिवेशनवालाले केन्द्रमा युवालाई ल्याए तापनी मातहतका इकाईहरुमा पुरानै अनुहारलाई अघि सारीरहेको देख्दैछु भने।
परिवर्तनको नारा आफ्ना लागि अनिकुल हुनेगरी व्याख्या गरेर पूरा नहुने बताउँदै विशेष महाधिवेशन पक्षले प्रदेश, जिल्ला,क्षेत्र, गाउँ, नगरमा पुरानै अनुहारलाई नेतृत्वमा दोहोर्याउन खोजिरहेको छ, यसले परिवर्तनको चाहना राखेर जोडिएका कार्यकर्तामा उत्साह भर्न नसक्ने भनाई राखे ।
दुई महामन्त्रीले जिद्दी र बेकारको हतारो गरेर कांग्रेस पार्टीलाई अफ्ट्यारो अवस्थामा पुर्याएको अताउदै संविधान मस्यौदा समितिका सदस्य समेत रहिसकेका कृष्णप्रसद सिटौलाले आफू बन्नका लागि पार्टी बिगार्नेले देश बनाउछन् भनेर बिश्वास गर्न नसकिने स्पष्ट भनाई राखेका छन् ।
संगठन बिस्तारमा द्रुत गतिमा अघि बढन कार्यकर्तामा आग्रह गर्दै सफलतपुर्वक जिल्ला अधिवेशन सम्पन्न गराएकोमा आयोजक समितिलाई धन्यवाद र नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई बधाई ज्ञापन गरे । जिल्ला अधिवेशन भब्यरुपमा सम्पन्न गरेर जनतामा जाने अवसर र बाटो बनाएका छन्, अब कसैकाप्रती गालीको भाषा प्रयोग नगरी सबैलाई समेटेर स्थानीय चुनावको तयारीलाईसमेत ध्यान दिन नेता सिटौलाले जोड दिए ।
नेपाली काग्रेसका कोशी प्रदेश संयोजक गोमा भट्टराईले अनेक बाधा अडचनकाबीच एकताबद्ध भएर अधिवेशन सफल पारिएको बताए। नेका. केन्द्रीय सदस्य एवम संविधानसभा सदस्य महिन्द्रकुमारी सुब्बाले नियमित महाधिवेशन पक्षमा गडबडी गर्नेलाई कुनै अवसर प्राप्त नहुने बताउँदै अहोरात्र खटेर संगठन गर्नेलाई न्याय र सम्मान प्राप्त हुने स्पष्ट पारे ।
नेपाली कांग्रेस झापाका सभापति कृष्ण हुमागाईले स्वार्थको रोटी नसक्ने र अवसर प्राप्तिको बाटोलाई त्यागेर सत्य र निष्ठाको बाटोमा हिडन साहर भएका नेता कार्यकर्ता झापामा नियमित महाधिवेशनको पक्षमा उभिएको बताए। नेपाली काग्रेसका नेता डाक्टर खगेन्द्र पाण्डव अधिकारीले जिल्ला तहसम्म्को नेतृत्व चयन र संगठन निर्माण सहमतिबाटै सम्पन्न गरिएको हुँदा माथिल्लो तहका माहाधिवेशमा पनि यहि अभ्यास हुनसके संगठनमा एकता हुने बिचार व्यक्त गरे ।
अर्का नेता भगिरथ पोद्धारले एउटा जीवन्त लोकतान्त्रिक पार्टीमा नेतृत्वमा जान आकांक्षा राख्नु स्वभाविक भएको बताउँदै आकांक्षा राख्नेको समेत सहमति लिएर नेतृत्वमा स्थस्पित हुनुचाही कुशल नेतृत्वको पहिचान हो भने।
कार्यक्रममा कोशी प्रदेश सदस्री शोभ श्रेष्ठ नेम्बाङ्ग र मिरा खडका, उपसभापति कालेन्द्रप्रसाद सिंह राजवंशी र राजु न्यौपाने, सचिव बिष्णु खरेल, सहसचिव नोमेम्बर नेम्बाङ्ग लगायतका वक्ताहरुले पार्टी संगठन बिस्तार र प्रशिक्षण कार्यक्रमलाई तीब्रता दिइने बताएका थिए ।
सो भेटघाटमा २८ बर्ष मुनिका नवयुवा, ४० मुनिका युवा आदिवासी, जनजाती, अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै बोल्ने वक्ताहरुको सुझाव र चाहना नेता सिटौलाले ध्यानपुर्वक सुनेका थिए । भेटघाट कार्यक्रममा जिल्ला, ओेत्र, प्रदेशसभा क्षेत्र, गाउँ, नगर पदाधिकारीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया 0