झापा । 

हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने देखिन्छ। हाल देशभर अधिकांश बादल लाग्नेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा मध्यमसम्मको वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने छ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ । 

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली थोरै स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।