झापा ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्ग सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना  घाइते भएका छन् । आज (आइतवार) दिनको ४ः३० बजेको समयमा चारआलीबाट बुधबारे तर्फ आउँदै गरेको प्र.१–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल र  सोही दिशा तर्फबाट आउँदै गरेको को ३१ प  ९२९० नम्बरको मोटरसाइकल बिपरीत दिशा तर्फबाट जाँदै गरेको प्र.१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कीएर दुर्घटना भएको थियो । 

दुर्घटनामा प्र.१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल  चालक  इलाको इलाम नगरपालिका–६ का अन्दाजी २५  बर्षीय भुपेन्द्र श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । 

यसैगरी प्र.१–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल चालक सुनसरीको धरान–१५  का २७ बर्षीय मनीकुमार देवान, सोहि मोटरसाइकल पछाडी सवार ईटहरी उपनगरपालिका–५  का २७ बर्षीय अनिष बस्नेत, को ३१ प ९२९० नम्बरको मोटरसाइकल चालकसुनसरीको ईटहरी–५  का २९ बर्षीय नन्दबहादुर मगर र सोहि मोटरसाइकल पछाडी सवार ईटहरी–१७  का २९ बर्षीय कमल मगर घाइते भएका छन् । 

उनीहरुको स्पाईनेक्स अस्पताल बिर्तामोडमा उपचार हुँदै गरेको दुर्घटना भएका  तिन वटै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।