बिर्तामोड ।
झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटीएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरुलाई बिहीवार दिनको ३ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–७ बिर्ताबजारका अन्दाजि २८ बर्षीय अजय रिऋदेब, बिर्तामोड–३ सैनिकमोडका अन्दाजि २७ बर्षीय रस्को मुर्मु र बिर्तामोड–३ हर्कलाल मार्गका अन्दाजि ३२ बर्षीय सरोज कार्की छन् ।
उनीहरु माथि शंका लागेर चेक जाँच गर्दा उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा शरीर खानतलाशी गर्दा उनीहरुको साथबाट लागुऔषध अर्थात ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम १० मिलिग्राम फेला परेको थियो । उक्त लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको प्रहरीले जनाएको छ ।


















