झापा ।
झापाको भद्रपुरमा वृद्धा आमालाई कुटपिट गर्ने छोरा पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–८ क्याम्पस मोडकी ७९ बर्षीया चन्द्रमाया घिमिरेलाई कुटपिट गर्ने उनका छोरा ३७ वर्षीय यशिस घिमिरेलाई आज (मंगलबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यशिसले आमालाई हिजो कुटपिट गरेका थिए । स्थानीयले घटनाबारे हिजै प्रहरीलाई जानकारी दिएका थिए । कुटपिटको घटनाबारे संचारमाध्यममा सार्वजनिक भएपछि यशिसलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
उनीमाथि अनुसन्धान भइरहेको र घाइते आमा चन्द्रमायालाई उद्धार गरि स्वास्थ्योपचार भइरहेको सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।


















