झापा । 

झापाको कचनकवल गाउँपालिकामा–४ केचनामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बनियानीबाट  लोधाबारी जाँदै गरेको बिआर ११ सी ३०७१ नम्बर को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको  प्र.१–०१–००२ ह ६४११ नम्बरको सिटि सोमवार साँझ ६ः३० बजे एकआपसमा ठक्कर खाइ दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकल  चालक कचनकवल गाउँपालिकाका–४  का अन्दाजी ५० बर्षीय  शुक देब गणेश गम्भीर घाइते भएका थिए । घाइते उनलाई  भद्रपुरस्थित  ओम साइ पाथीभरा अस्पताल भद्रपुरमा उपचारको लागि पठाइएको थियो । उपचारकै क्रममा साँझ ७ः१५ बजे  चिकित्सकले मृत घोषणा गरेका थिए ।   

इलाका प्रहरी कार्यालय  केचनाबाट खटिएको प्रहरी टोलिले सिटि चालक कचनकवल–४ अन्दाजी १९ बर्षीय सैजन मिया र सिटि, मोटरसाइकल  नियन्त्रणमा लिएको छ। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।