काँकरभिट्टा । 

झापा मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । आइतवार साँझ ६ बजे लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट भाडाको सिटि सफारीमा नेपालतर्फ आईरहेका एक व्यक्ति पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा सर्लाहको ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोल घर भई हाल अर्जुनधारा नगरपालिका–११ बसपार्कमा डेरा गरी लिएर बस्ने ३१ बर्षीय सनम बुर्जा मगर पक्राउ परेका छन् । 

उनीमाथि शंका लागेपछि प्रहरीले शरिर तलासि लिदाँ खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ७३ ग्राम ७७० मिलिग्राम रहेको र उनलाई उक्त लागूऔषधसहित नियन्त्रण गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएकोप्रहरीले जनाएको छ ।