सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका–२ स्थित हेप्पी ल्याण्ड फनपार्कमा दुई समुह बिच झगडा हुँदा पाँच जना घाइते भएका छन् भने छ जना पक्राउ परेका छन् । डिजे बजाएर नाच्ने क्रममा बिबाद भएर झगडा भएको थियो । शनिवार दिनको ४ बजेको समयमा भएको झगडामा संलग्न पाँच जना पक्राउ परेका छन् ।
घाइते हुनेमा झापा गाउँपालिका–५ का १८ बर्षीय मानारुल आलम, सोही स्थानका १८ बर्षीय अन्सारुल अली र २४ बर्षीय समान सेकको बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा उपचार भईरहेको छ भने सोही स्थानका २० बर्षीय फिरोज अली र २० बर्षीय तामेजल खान डिस्चार्ज भएको बताइएको छ ।
उक्त घटनामा पक्राउ पर्नेमा बह्रदशी गाउँपालिका–४ का १९ बर्षीय साहिद खान, सोही स्थानका १९ बर्षीय सन्जाद आलम, २२ बर्षीय आसिक आलम, १७ बर्षीय सोहेल आलम, १८ बर्षीय सानाबाज आलम र १८ बर्षीय साहिल आलम रहेका छन् ।
झगडा भएको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली उनीहरुलाई नियन्त्रणमा लिएर इप्रका सुरुङ्गामा ल्याएर राखिएको प्रहरीले जनाएको छ । फाइल तस्वीर


















