झापा । 

झापाको बिर्तामोड नगरपालिका–७ गरामनीमा आज (शनिवार) चट्याङ पर्दा एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । सोही स्थानका गणेश श्रेष्ठको २ तले पक्कि घरमा हावाहुरी र पानीसँगै आएको चट्याङले जडान भएको बिधुतिय मिटर बक्स, पानी तान्ने मोटर १ थान लगायत घरमा जडान भएको सम्पूर्ण वायरिङ तारहरु जलेर नष्ट भएको हो । 

मध्यान्ह १२ः ४० बजेको समयमा लागेर हावाहुरी पानीसँगै आएको चट्याङले जडान भएको बिधुतिय मिटर बक्समा चट्याङ लागेको थियो । 

 बिधुतिय मिटर बक्स, पानी तान्ने मोटर लगायत घरमा जडान भएको सवै वायरिङ तारहरु जलेर नष्ट हुँदा  एक लाख पचास हजार मूल्य बारबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।