झापा ।
अविरल बर्षा सहितको हावाहुरीसँगै परेको चट्याङ लागेर झापामा आगलागी भएको छ । गएराति ११ः३० बजेको समयमा चट्याङ लागेर आगलागी हुँदा झापाको गौरादह नगरपालिका–६ धोपा टोलका ५० बर्षीय अजयकुमार झाको टिनको छानो बासँले बारेको एकतले भान्साघर र सँगै जोडिएको ग्वालीमा आगलागी भएको हो ।
चट्याङ परेर भएको आगलागी भान्साघर र ग्वाली पूर्ण रुपले जलेर नष्ट भएको छ । भान्सा घर भित्र रहेको ग्यास सिलिण्डर, ८० केजि चामल, साइकल, बिद्युत मिटर, वाईफाई राउटर, भाडावर्तन, अन्नपात, फर्निचर र ग्वाली भित्र रहेको ६ वटा माउ बाख्रा ४ पाठा गरी अन्दाजी २ लाख ५० हजार मुल्य बराबरको धनमाल पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा प्रहरी चौकी कोबराको प्रहरी टोली गएको र गौरादह नगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा बिहान राति १ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको बताइएको छ ।


















