बिर्तामोड । 

झापाको बिर्तामोड–१ बिर्तासिटि अस्पताल नजिक रहेको सस्तो होटलमा काम गर्ने कामदारमाथि छुरा प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । दमक–७ का १८ बर्षीय अभिषेक लिम्बुलाई  २ जना ब्यक्तिहरु आएर शनिवार साँझ ६ बजेको समयमा छुरा प्रहार गरेका थिए ।  

छुरा प्रहार गर्ने मेचीनगर–१०का ३१ बर्षीय धिरज गुरुङ र सोही स्थानका १७ बर्षीय बिशाल चौधरी पक्राउ परेका छन् । उनीहरुलाई ६ः५५ बजे बिर्तामोड –१ स्थित बाल्मीकी स्कुल छेउबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनिमा ल्याई थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मेरो दिदिसँग किन बोलिस भन्ने बिषयलाई लिएर सब्जि काट्ने छुराले प्रहार गर्दा लिम्बुको बायाँ खुट्टाको तिघ्राको पछाडीको भागमा चोट लागेको र उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोडमा लगेर उपचार भईरहेकोमा साँझ ७ः१५ बजे घाईते डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।