बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका–३ स्थित बिर्ताबजारमा रहेको मदरसा तालिमूल कुरान आधारभूत बिद्यालयमा रमजानको अवसरमा शुभकामना आदान–प्रदान तथा ईफ्तार कार्यक्रम सम्पन्न भएको छ ।
मदरसा तालिमूल कुरान आबिको आयोजना तथा बिर्तामोड मुस्लिम समाजको आर्थिक सहयोगमा आज (शुक्रवार) शुभकामना आदान–प्रदान तथा ईफ्तार कार्यक्रम सम्पन्न भएको हो ।
बिभिन्न धर्म, जाती, समुदायका मानिसहरुलाई समेटेर ईफ्तार कार्यक्रमलाई साझा रुपमा मनाउने उदेश्यले आयोजना गरिएको मदरसा तालिमूल कुरान आबिका अध्यक्ष अफ्रोज खानले जानकारी दिए ।
कार्यक्रममा हल्दीवारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले ईफ्तार कार्यक्रमको शुभकामना दिएका थिए । कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष केशव ओझालगायत बिभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।


















