झापा । 

गएरातिए बर्षासँगै आएको हावाहुरीले घर नजिकमा रहेको आँपको रूख ढलेर किच्दा घटनास्थलमै एक किशोरकिो मृत्यु भएको छ । गएराति अन्दाजी ९ बजेको समयमा झापाको हल्दीबारी गाउँपालिका–२ पाराखोपीका प्रेमलाल राजवंशीको छोरी १७ बर्षीया आरती राजवंशीको मृत्यु भएको हो । 

आफनै घरमा सुतीरहेको अवस्थमा वर्षा सहितको हावाहुरीले घर नजिकमा रहेको आँपको रूख ढलेर किचेको थियो । रुखले किच्दा घटनास्थलमै आरतीको मृच्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु भएको खबर प्रहरी चौकी हल्दीबारीमा जानकारी हुन साथ तत्काल प्रहरी चौकी हल्दीबारीबाट प्रहरी टोली गएर घटनास्थल सुरक्षित राखेको र थप सहयोगको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली, सशस्त्र प्रहरी बल २ नं.हेक्वा भद्रपुर झापामा समेत उद्दारको लागि जानकारी गराइएपछि टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 





जिल्ला प्रहरी कार्यालय झापा