झापा । 

झापाको कमल गाउँपालिका–६ गुवाबारीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–६ गुवाबारीबाट मे ११ प ६०५० नम्बरको मोटरसाईकल रोकि चेकजाँच गर्दा लागूऔषधसहित पक्राउ गरेको हो । 

आज (सोमवार) मोटरसाईकल चालक कमल–६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई लागूऔषधसहित पक्राउ गरेको छ । उनले लगाएको कपडाको सटको दाहीने पट्टीको गोजीमा प्लाष्टिकमा पोका–पोका पारी राखेको अवस्थामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने प्लाष्टिक बाहेक ३ ग्राम ४४० मिलिग्राम फेला परेपछि प्रहरीले बरामद गरेको थियो । 

उक्त लागु औषधको कारोबारमा संलग्न रहेका लक्ष्मण राजबंशीलाई नियन्त्रणका साथ मोटरसाइकल र उनका साथमा रहेका सर सामान समेत बरामद गरी  इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।