झापा । 

झापाका तीन स्थानमा आगलागी भएको छ । झापा गौरीगञ्ज गाउँपालिका–६ भारु चोकको १ कोठे घुम्ती किराना पसल,  भद्रपुर नगरपालिका—९ बुद्धटोल, जस्ताको छानो, बासको चित्राले बारेको १ तले भान्साघर र  गौरादह  नगरपालिका–७ सुर्यदयटोलमा टिनको छाना भएको १ तले २ कोठे गाई ग्वालीमा आगलागी भएको हो । 

 गौरीगञ्ज–६ भारु चोकका तुलसी साहको जसता पाताले बनेको र टिनको छाना भएको १ कोठे घुम्ती किराना पसलमा अचानक बिधुत सट भई आगलागी हुँदा दुइ लाख ४ हजार मूल्य बराबरको क्षति भएको छ ।  उक्त अगालगी १ः३० मिनेटमा भएको थियो । 

यसैगरी १ः१५ मिनेटको समयमा भद्रपुर–९ बुद्धटोलका मंकरध्वज आङदेम्बेको जस्ताको छानो, बासको चित्राले बारेको १ तले भान्साघरमा चुलोबाट आगो सल्केर  आगलागी भएको थियो । उक्त सम्पूर्ण सामाग्री जलेर नष्ट अन्दाजी तीन लाख मूल्य बराबरको क्षति भएको बताइएको छ । 

 उक्त आगो स्थानियबासी प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरी टोली, भद्रपुर नगरको दमकलको सहयोगमा १ः४५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

त्यस्तै आजै १२ः३० बजेको समयमा गौरादह–७ का सुर्यदयटोलका पुष्प लाल चौलागाईको टिनको छाना भएको १ तले २ कोठे गाई ग्वालीमा अचानक बिधुत सट भइ आगलागी भएको थियो । आगालगीबाट एकलाख ५० हजार रुपैयाँ बरारको क्षति भएको छ । उक्त आगो स्थानियबासी  र गौरादह नगरको दमकलको सहयोग १ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।