झापा । 

झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजंघा स्कुल छेउस्थित भित्री सडक खण्डमा गएराति ९ः२० बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमति प्रदेश–०१–०२५च ६०५० नम्बरको कार र बिपरित दिशाबाट आउँदै गरेको प्र१–०१–०१६प ३९५९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कीएको थियो । 

कार र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल  चालक  मेचीनगर–१३ चारआलीका २५ बर्षीय बिशाल पौडेल घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी  अस्पताल बिर्तामोडमा पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको बताइएको छ । 

मोटरसाइकल पछाडी सवार कनकाई नगरपालिका–६  का २५ बर्षीय चन्द्रकिशोर चापागार्इ  सोही अस्पतालमा उपचार भइरहेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  कार चालक बिर्तामोड नगरपालिका–६ का २५ बर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको छ।   घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।