बिर्तामोड ।

बिहीबार झापाको कमल गाउँपालिकामा पत्रकार अर्जुन आचार्यमाथि आक्रमण गर्ने एमाले कार्यकर्तालाई कारबाही गर्न विभिन्न संघसंस्थाले माग गरेका छन् । 

प्रेस सेन्टर नेपाल केन्द्रीय समिति, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापा, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति मोरङ , मिडिया एक्सन लगायत विभिन्न संघसंस्थाले घटनाको विरोध दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । पत्रकारमाथिको आक्रमण र लुटपाट निन्दनीय भएको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण बन्द गर्न उनीहरुले चेतावनी दिएका छन् । 

रातोपाटी अनलाइनका संवाददाता तथा हाम्रोमतका कार्यकारी सम्पादक अर्जुन आचार्यलाई बिहीबार झापाको कमल गाउँपालिकामा रिपोर्टिङ गर्ने क्रममा नेकपा एमालेको भोलेन्टियर फोर्सका कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।

आक्रमणको क्रममा पत्रकार आचार्यको गाला, आँखा तथा ढाडमा चोट लागेको छ । आक्रमणकारीले पत्रकार आचार्यको चस्मा फुटाइदिनुका साथै मोबाइल लुटेर लगेका थिए ।