झापा ।
झापाको दमकबाट हतियार फेला परेको छ । दमक नगरपालिका –६ थाना रोडस्थित इलाका प्रहरी कार्यालय दमकबाट अन्दाजी २० मिटर उत्तर पूर्व तर्फ रहेको दमक–६ का याम्जि श्रेष्ठको खाली जग्गाको झाडीमा हतियार फेला परेको हो ।
बिहीवार साँझ ७ः३० बजेको समयमा गस्ती गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले Y13487 नम्बरको मार्क 4 राईफल काठको भाग पूर्ण रुपमा जलेको हतियारको सम्पूर्ण भागमा खिया लागेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त हतियार इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको अनुसंधान क्रममा हतियार जेनजी आन्दोलनको क्रममा गत २४ गते इलाका प्रहरी कार्यायल दमकबाट लुटिएको कार्यालयको अभिलेखबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । संकेत तस्वीर
















