झापा ।
झापाको बिर्तामोड नगरपालिका–८ बाट भन्सार छलेर भित्र्याएको १० लाख वढीको सामाग्री बरामद गरिएको छ । आज (बिहीवार) अन्दाजी ८ बजेको समयमा बिर्तामोड–८ गरामनीस्थित मदनपुर बिर्तामोड सडक खण्डमा भद्रपुरबाट बिर्तामोड तर्फ जाँदै गरेको WB 74 W 1296 नम्बरको मारुती भ्यानमा भन्सार छलेर चोरी गरि ल्याएको बिभिन्न सामाग्री नियन्त्रणमा लिएको हो ।
अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त गाडी र सामानहरु नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाईएको छ ।
उक्त बरामद समानको मूल्य र बरामद गाडीसहित अन्दाजी १० लाख ६८ हजार ५० रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। संकेत तस्वीर

















