काँकरभिट्टा।
मेचीनगर अनलाइन डटकम आजदेखि चौंथो वर्षमा प्रवेश गरेको छ । मेचीनगर–६ काँकरभिट्टामा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशित हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको तीनवर्ष पुरा गरेर चौंथो वर्षमा प्रवेश गरेको हो ।
२०७९ फागुन १४ गतेबाट सुरु गरिएको थियो । खोजमुलक र ताजा समाचारहरु अनलाइनको माध्यमबाट पढ्ने पाठकहरुको रुचीलाई मध्येनजर गर्दै सञ्चालन गरिएको मेचीनगर अनलाइन छोटो समयमा धेरै पाठकहरुको अपार माया जित्न सफल भएको छ ।
व्यवसायीक पत्रकारितालाई शिरमा राखेर स्थानीय समाचारलाई बढी प्राथमिकता दिने प्रयास गरिरहेको छ । सबै राजनीतिक दल, पेशा, व्यवसाय, धर्म र संस्कृति, भाषाभाषी, जातजाति, क्षेत्र, वर्ग, लिंग लगायतका समाचारहरुलाई समावेशी ढंगबाट प्राथमिकताका आधारमा प्रकाशन गर्दै आएको अनलाइनका सम्पादक तथा सञ्चालक अर्जुन कार्कीले जानकारी दिए ।
















