झापा ।
कानूनी ज्ञान केन्द्र झापाले आज (बुधवार) भद्रपुरमा नवोदित कानून व्यवसायीका लागि आयोजना गरेको एक दिवसीय तालिम सम्पन्न भएको छ ।
तालिममा झापा जिल्ला अदालतका मुख्य न्यायधीश उमेशप्रसाद लुईटेल र अर्का जिल्ला न्यायधीश पारसमणि पोखरेल सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । न्यायधीश लुईटेलले ‘बाल ईजलास र बालमैत्री न्याय’ विषयमा र न्यायधीश पोखरेलले ‘फौजदारी न्याय र सजाय निर्धारण’ विषयमा तालिम दिएका थिए ।
झापा जिल्ला अदालतमा अभ्यास गरिरहेका नवोदित कानून व्यवसायीले तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया दिए । तालिमका सहभागी अधिवक्ता हेमनारायण राजवंशी, अधिवक्ता निशा तामाङ र अधिवक्ता राधा रिमालले तालिम उपलब्धिमूलक भएकाले आयोजकलाई धन्यवाद दिए ।
कानूनी ज्ञान केन्द्रका अध्यक्ष अधिवक्ता तारामणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका उपाध्यक्ष अधिवक्ता तिलक अर्यालले स्वागत र सचिव अधिवक्ता नरेश खातीले सञ्चालन गरेका थिए ।


















