झापा ।

 हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपात भइरहेको छ।

सोमबार तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु÷कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू(भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू(भागमा मौसम  मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।