झापा । 

झापाको बुद्धशान्ति गाउँपालिका–५ गढिगाँउस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । आज (शनिवार) दिनको ३ बजेको समयमा ठुटेबरबाट मंगलबारे तर्फ जाँदै गरेको गोलिया बोकेको ना.६ ख.७९५४ नम्बरको ट्रक आफै अनियन्त्रित भई रोडको बाँया साईडमा पल्टिएर दुर्घटना हुँदा ट्रकमा लोड अनलोडको काम गर्ने ब्यक्तहरु घाइते भएका हुन् । 

घाइते हुनेमा ट्रक चालक अर्जुनधारा–१० का ४० बर्षीय अनुकुमार चौधरी छाति र टाउकोमा चोट अवस्था मध्यम, अर्जुनभारा–३  का २८ बर्षीय मुकेश मगरको दाहिने हात र दाहिने खुट्टामा चोट अवस्था मध्यम, सोही स्थानका  ३० बर्षीय अमिर तामाङ टाउको, देब्रे खुट्टा र नाखमा चोट बोल्न नसक्ने अवस्था गम्भिर र  २२ बर्षीय राकेश तामाङ देब्रे खुट्टा र चिउडोमा चोट बोल्न नसक्ने अवस्था गम्भीर रहेको छ । 

घाइतेहरुको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार  भइरहेको छ भने  ट्रक घटना स्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।