झापा । 

झापाको गौरीगञ्ज गाउँपालिका–२ आँपगाछीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । आज (शुक्रवार) दिनको १ः३० बजे दक्षिण आँपगाछीबाट उत्तर बाहुनटोलतर्फ आउँदै गरेको मे १० प ८४३२ नम्बरको स्कुटीलाई गोप्य सुचनाको आधारमा प्रहरी चौकी कोरोबारीबाट  खटिएको  टोलीले चेकजाँच गरेको थियो । 

चेकजाँचको क्रममा स्कुटी पछाडी सवार कमल गाउँपालिका–५  का अन्दाजी ४० बर्षीय सुर्यबहादुर वि.क. र चालक कमल गाउँपालिकाका–५  का २२ बर्षीय संजोक राईपक्राउ गरेको हो । उनको साथबाट प्लाष्टिक बाहेक ४२ ग्राम ८१० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ  फेला परेको प्रहरीले जनाएको छ । 

उनीहरु दुवै जनालाई स्कुटीसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौरीगञ्जमा  ल्याएर राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।