झापा ।
झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पूर्व आपगाछीबाट पश्चिम बाहुनटोलतर्फ आउँदै गरेको मे १ ह ५६६७ नम्बरको ओटो (टेम्पु) लाई गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्याल य गौरीगञ्जबाट खटिएको टोलीले चेकजाँच गरेका थियो । प्रहरीले बुधवार दिनको १ः३० बजेको समयमा अटो चालक शिवसताक्षी नगरपालिका–२ मनोहरा घर भई हाल दमक –८ एभरेष्ट बोर्डिङ स्कुल बस्ने अन्दाजी ३४ बर्षीय दिलकुमार विश्वकर्मासहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
यसैगरी पक्राउ पर्नेमा गौरादह नगरपालिका–८ भुडेसिम्बल का अन्दाजी २७ बर्षीय अमन ताजपुरिया, सुनसरीको धरान उपमहानरपालिका–१६ जोरसखुवा लिगामेन्ट स्कुल पछाडी घर भई हाल दमक–८ पशुहाट बस्ने अन्दाजी १९ बर्षीया दिपा परियार र मोरङको वेलबारी नगरपालिका–९ बेलचौरी घर भई हाल दमक–८ पशुहाट बस्ने अन्दाजी १९ बर्षीया पार्वती चौधरी छन् ।
प्रहरीले चेकजाँच गर्दा उक्त अटोको खुट्ट् राख्ने म्याट मुनी लुकाई छिपाई राखेको अवस्थामा प्लाष्टिक बाहेक ६ ग्राम ९ मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेपछि चारै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















