झापा ।
झापा बिर्तामोड नगरपालिका–२ चैतुबारीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध ब्युरो काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले बुधवार ४ः३० बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बिर्तामोड–४ का २६ बर्षीय शुसिल विक र बिर्तामोड–३ का ३३ बर्षीय प्रकाश विक छन् । चेक जाँच गर्दा उनीहरुको साथबाट लागुऔषध खैरो हिरोईन जास्तो देखिने लिसाईलो पदार्थ प्लास्टिक बाहेक ६ ग्राम ८३० मिलिग्राम, किपेड मोवाईल २ थान, अगाडी पट्टिको २ ह ९६४४ र पछाडी पट्टिको २ ह १६४६ नम्बर लेखिएको अटोसहित नियन्त्रणमा लिइएको थियो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















