झापा ।
झापाको बिर्तामोड नगरपालिका–७ खोपवारी स्थित भित्रि सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति अन्दाजी ८ः२५ बजेको समयमा स्कुटी आफै अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो ।
प्याकुरेल चौकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र.१–०१–०१३ प.९१९९ नम्बरको स्कुटी आफै अनियन्त्रित भएर बिजुलीको पोलमा ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटी चालक बिर्तामोड–७ का अन्दाजी ३५ बर्षीय शुभाष मादेनको टाउकोमा चोटपटक लागेर घाईते भएका थिए । घाइते उनलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याएर डाक्टरले चेकजाँच गर्दा राति ८ः५५ बजेको समयमा मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















