झापा । 

झापाको मेचीनगर नगरपालिका–६ मेची पुलमा मोटरसाइकल सडकमा राखिएको  ब्यारीकेटमा ठोक्किदा मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । गएराति १० बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१२ प ३८४९ नम्बरको ठोक्किएको थियो । 

दुर्घटनामा  मोटरसाइकल चालक मेचिनगर–६ का ३५ बर्षीय काशिनाथ पौडेल घाइते भइ तत्काल अवस्था सामान्य रहेको र पछाडि सवार सोही स्थानका ४० बर्षीय चेतन कटवालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 शरीरमा चोट लागेर गम्भीर अवस्थामा आम्दा अस्पताल धुलाबारी पठाइएकोमा  १०ः५५ बजे चेतन कटवाललाई डाक्टरले मृत घोषणा गरेका थिए । लाश सोही अस्पतालमा नै रहेको ।र मोटरसाइकल चालकलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।