बिर्तामोड ।
नौ वर्षअघि झापाबाट प्रकाशनमा आएको लोकतन्त्र पोष्ट दैनिकले ‘पौरखी जेनजी नामक म्यागजिन’ प्रकाशनमा ल्याएको छ । काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित पत्रिकाले जेनजी पुस्तालाई समेटेर तयार पारेको म्यागजिन प्रकाशनसँगै झापाका १५ जना जेनजी युवालाई सम्मान गरेको छ ।
आफ्नै माटोमा पसिना बगाएर समृद्धिको सपना बुनिरहेका ‘गरिखाने हिरो’लाई पौरखी जेनजी युवाका रुपमा सम्मान गरिएको लोकतन्त्र पोष्टका प्रधान सम्पादक मोहन काजी न्यौपानेले बताए ।
सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीको संयोजकत्वमा बनेको छनौट समितिले १ सय ५४ जना पौरखी युवाहरु मध्येबाट १५ जनालाई छनौट गर्दै आज (आइतवार) बिर्तामोडमा लोकतन्त्त पोष्ट म्यागेजिनको लोर्कापणसँगै सम्मान गरिएको थियो ।
सम्मानितहरुमा स्वेता बुढाथोकी, कृपेश कार्की, कृपा चापागाई, डा. चेतनराज कार्की, गायिका रचना रिमाल, सविन बास्कोटा, गायक अशोक दर्जी, कृपा ढकाल, हरिकृष्ण भण्डारी, जयराम दाहाल, अनन्त तामाङ, तनुजा पाण्डे, अंकित सुवेदी, राहुल÷तेज÷उत्सवको समूहलाई सम्मान गरिएको थियो । त्यस्तै मनिषा राजवंशीलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गिरी, लोकतन्त्र पोष्टका प्रधान सम्पादक काजी, सम्पादक अम्विका भण्डारी , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संयुक्त रुपमा सम्मान गरेका थिए ।
स्वागत तथा औचित्यमाथि प्रकाश प्रधान सम्पादक काजीले गरेको कार्यक्रममा पौरखी जेनजी छनौट समितिका संयोजक गिरीले सम्मानित पौरखी जेनजीहरुको नाम सार्वजनिक गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गिरीसहित सम्मानित व्यत्तित्वको तर्फबाट स्वेता वुढाथोकी, सेवन कार्की, पत्रिकाका कार्यकारी सम्पादक दामोदर ढुङ्गेल लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।


















