झापा । 

झापा बिर्तामोड नगरपालिका–६ किराँतचोकस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनमा एक जनाको मृत्यु भएको छ । बुट्टाबारीबाट किरात चोकतर्फ जाँदै गरेको मे २ प ६५७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । 

गत पुस ३० गते भएको दुर्घटनाका घाइतेको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बिर्तामोड–६ का १८ बर्षीय समर मुसलिमको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भईरहेकोमा आज (शनिवार) दिनको अन्दाजी ३ः३० बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको र लाश सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।