बिर्तामोड  । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापाका ५ वटा निर्वाचन क्षेत्रका उम्मेद्वारले चुनाव चिन्ह प्राप्त गरेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले शुक्रवार उनीहरुलाई  चुनाव चिन्ह्र प्रदान गरेको हो । पाँच पदका लागि ९० जनाको उम्मेद्वारी परेको थियो । मनोनयन दर्ता गरेका कसैले पनि उम्मेद्वारी फिर्ता नगरेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । नेपालका अनुसार अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिन्ह्र समेत प्रदान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार झापा क्षेत्र नम्बर १ मा १५ जना, झापा क्षेत्र नं. २ बाट १८ जना, झापा क्षेत्र नं. ३ बाट १७ जना, झापा क्षेत्र नं. ४ बाट  १६ जना र झापा क्षेत्र नं. ५ बाट २४ जनाको उम्मेद्वारी कायम रहेको हो । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार झापा क्षेत्र नम्वर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी  निशा डाँगी, मंगोल नेशनल अर्गनाइजेशन, सन्तोष तामाङ, श्रम संस्कृतिक पार्टीबाट केवलराम राई, नेपाल कम्युनिस्ट पार्टी एमालेबाट रामचन्द्र उप्रेती, नेपाली कम्युनिस्ट पार्टीबाट अशेष घिमिरेको उम्मेद्वारी कायम रहेको छ ।

त्यस्तै उज्यालो नेपाल पार्टीबाट नरेशकुमार लावती, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट हेमराज कार्की, नेपाली कांग्रेसबाट केशवराज पाण्डे, स्वतन्त्र उम्मेदवार बाट दुर्गाबहादुर साँवा लिम्बू, स्वतन्त्र उम्मेदवारबाट गणेशकुमार पोखरेल, नेपाल जनमुक्ति पार्टीबाट –खान्द्रु कुरुवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट  मनबहादुर साँवा लिम्बू,  जनता समाजवादी पार्टीबाट रमा मेचे,  नेपाल मजदुर किसान पार्टीबाट हिरणकुमार भट्टराई, र नेपाल सदभावना पार्टीबाट ओलिन राजवंशीलाई चुनाव चिन्ह्रसमेत प्रदान गरिएको छ । 

झापा निर्वाचन क्षेत्र न २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भद्रप्रसाद नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट अकलबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रकुमारी गारु, जनता समाजवादी पार्टीबाट तिलबहादुर राई, श्रम संस्कृति पार्टीबाट केशवबहादुर भण्डारी, नेकपा एमालेबाट देवराज घिमिरे, नेपाली कम्युनिस्ट पार्टीबाट धर्मशिला चापागाई, नेपाली कांग्रेसबाट सरिता प्रसाई, उज्यालो नेपाल पार्टीबाट चुडाकर्ण बेघा, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त ) बाट श्रीप्रसाद सिटौला, स्वतन्त्र उम्मेदवारबाट पुण्यप्रसाद आचार्य,  स्वतन्त्र उम्मेदवार युवराज संग्रौला, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच– अमृता लावती,  नेपाल कम्युनिस्ट पार्टी (माओवादी)– अर्जुनकुमार पाण्डे,  स्वतन्त्र उम्मेदवार – रमेशकुमार कार्की,  जनमत पार्टी – रमेशकुमार राजवंशी, नेपाल जनमुक्ति पार्टी–मानबहादुर पुलामी मगर रहेका छन् ।

त्यस्तै झापा निर्वाचन नम्वर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका  प्रकाश पाठक, नेपाल मजदुर किसान पार्टी बाट  धर्मलक्ष्मी लधु (महिला), राप्रपाका  राजेन्द्र लिङ्देन, जनमत पार्टी बाट हर्षलाल राजवंशी, मंगोल नेशनल अर्गनाइजेसन – यमकुमार श्रेष्ठ, श्रम संस्कृति पार्टी –दिपक तिम्सिना, नेकपा एमाले –हरि राजवंशीको मनोनयन कायम भएको छ ।

त्यस्तै  नेपाली कांग्रे्रेसका राजेन्द्रकुमार घिमिरे, नेपाली कम्युनिस्ट पार्टी –डिल्लीराम घिमिरे, जसपा बिनिताकुमारी राजवंशी, स्वतन्त्र –मानबहादुर संग्रौला, उज्यालो नेपाल पार्टी– श्यामकृष्ण पाठक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च चन्द्रकला साँवा, जसपा नेपाल – कर्णलाल राजवंशी, स्वतन्त्र अभय राजवंशी, नेशनल रिपब्लिक नेपाल जयन मगर, नेकपा (माओवादी बिप्लब) सन्तोष कट्वालको उम्मेद्वारी कायम रहेको छ ।

यता झापा निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी –भक्तिप्रसाद सिटौला, राष्ट्रिय स्वतन्त्र पार्टी शम्भुप्रसाद ढकाल, मंगोल नेशनल अर्गनाइजेशन –दिलिप धिमाल, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल ) टेकबहादुर अधिकारी, श्रम संस्कृति पार्टी अमृतादेवी राई, नेपाल कम्युनिस्ट पार्टी (एमाले ) लालप्रसाद साँवा लिम्बू, नेपाली कम्युनिस्ट पार्टी पुरुषोतम चुडाल, नेपाली कांग्रेस देउकुमार थेवे, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच किरण लिम्बू लिङदेन, उज्यालो नेपाल पार्टी सन्तोष तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी )–ताराबहादुर थापा, नेपाल मजदुर किसान पार्टी –तुलसी लक्ष्मी दुमरु, स्वतन्त्र उम्मेदवार साजन माझी, जनता समाजवादी पार्टी –पल्टन ताजपुरिया, जनमत पार्टी –लोश्रो हेमरम,  राष्ट्रिय मुक्ति पार्टी –त्रिनारायण राजवंशी रहेका छन् ।

यसैगरी  झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय मुक्ति पार्टी –अमृत रसाइली, जनमत पार्टी अमृतलाल महतो, स्वतन्त्र उम्मेद्वार अर्जुन सापकोटा, नेकपा एमाले केपी शर्मा ओली, स्वतन्त्र उम्मेद्वार खेमनाथ शिवाकोटी, स्वतन्त्र उम्मेद्वार डम्मर साहु, पिपुल फस्र्ट पार्टी धर्मराज गुरागाँई, जनतासमाजवादी पार्टी धिरेन सुब्वा, नेपाल जनमुक्ति पार्टी– पदमबहादुर जवेगु, स्वतन्त्र उम्मेद्वार पुस्कर खतिवडा, स्वतन्त्र उम्मेदवार प्रकाश नेपाल,  नेपाली कांग्रेस मंधरा चिमरिया,  स्वतन्त्र उम्मेदवार मातृका भट्टराई, स्वतन्त्र उम्मेद्वार रन्जना गौतम, नेपाली कम्युनिस्ट पार्टी रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी लक्ष्मीप्रसाद संग्रौला, राष्ट्रिय स्वतन्त्र पार्टी बालेन्द्र शाह, स्वतन्त्र उम्मेद्वार बिपुल गुरागाई, स्वतन्त्र उम्मेदवार शोभा भण्डारी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सञ्जय राई, श्रम संस्कृति पार्टी समिर तामाङ,  राष्ट्रिय परिवर्तन पार्टी सविन राई, मंगोल नेशनल अर्गनाइजेसन सानबहादुर मेचे, र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुशान साम्पाङ राईको उम्मेद्वारी कायम रहेको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेलले जानकारी दिए ।